नेपालका बक्स अफिस पारदर्शी छैनन् : अध्यक्ष खड्का

नेपाल चलचित्र निर्माता संघको निवर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण एवं पद हस्तान्तरण गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो । 

नवनिर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष आकाश अधिकारीसहितको टिमले पद हस्तान्तरण गरेको थियो । पद हस्तान्तरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताए । 

उनले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बताए । अध्यक्ष खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने बताए । 

उनले भने, ‘राष्ट्रिय चलचित्र नीति निर्माण भएर जुन थन्किएर रहेको छ, त्यसलाई हामी पूरा गर्नेछौँ । त्यसलाई हामी कार्यान्वयन गर्नेछौँ । त्यो २०७१ को राष्ट्रिय नीतिलाई कार्यान्वयन गर्ने हाम्रो पहिलो काम हुनेछ । बक्स अफिस पारदर्शी छैनन्, त्यसलाई पारदर्शी बनाउन हामी लाग्नेछौँ ।’

उनले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणको लागि आवश्यक काम गरेर देखाउने दाबी गरे । अध्यक्ष खड्का निर्माता संघको अध्यक्षमा निर्विरोध चयन भएका थिए ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १९:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया