नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल आगामी आमनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचनमा एकल सिफारिस भएका हुन् ।
०७४ सालको निर्वाचनमा नेपाल त्यसै क्षेत्रबाट नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी बनेका थिए । अहिले भने उनी गठबन्धनको सहयोगमा नेकपा एसबाट उम्मेदवार बन्न लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।