प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा घरेलु टोली चेल्सीले  जित हात पारेको छ । उसले स्टामफोर्ड ब्रिजमा वेस्टह्याम युनाइटेडविरुद्व २–१ को जित हात पारेको हो ।

सुरूवाती अग्रता जोगाउन नसक्दा पाहुना टोली स्तब्ध बन्न पुग्यो । खेलको ६२औँ मिनेटमा माइकल एन्टोनियोको गोलमार्फत वेस्टह्यामले अग्रता लिएको थियो । 

७६औँ  मिनेटमा बेन चिलवेलले चेल्सीलाई १–१ को बराबरीमा ल्याए । ८८औँ मिनेटमा काइ हाभर्टेजले घरेलु टोलीलाई २–१ ले अघि बढाए ।

८०औँ मिनेटमा वेस्ह्यामका फिलिपे कौटिन्होले गोल गरे पनि भिएआरमा फउल देखिएपछि त्यसले मान्यता नपाउँदा चेल्सीले २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो ।

जितसँगै ६ खेलमा १० अंक जोडेको चेल्सी पाँचौँ स्थानमा रहँदा पराजित वेस्टह्याम समान खेलबाट ४ अंकका साथ १७औँ स्थानमा छ ।
 
लिगअन्तर्गतकै अन्य खेलमा टोटेनहमले फुलहमलाई २–१, बर्नमाउथले नटिंघम फरेस्टलाई ३–२, ब्रेन्टफोर्डले लिड्स युनाइटेडलाई ५–२ र उल्भ्सले साउथह्यामटनलाई १–० ले पराजित गरेका छन् ।

त्यस्तै, लिभरपुलले एभर्टन तथा न्युकासल युनाइटेडले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेले ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार २२:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया