नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलकी आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै प्रचण्डले थापाकी आमाको निधनको खबरले दुःखी बनाएको बताएका छन् ।
‘नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहाँकै निवासमा निधन भएको खबरले दुःखित बनाएको छ। आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । थापासहित सम्पूर्ण शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।