राजेन्द्र लिङ्देनले भने : मेरो नाममा पठाइने तलब-भत्ता रोक्का गरियोस्
फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधिसभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गरेका हुन् । 

उनले आफूले पाउने तलब-भत्ता तथा सुविधासमेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गरे । उनले संसदको आयू ४ मंसिरको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए । 

सांसद लिङ्देनले निर्वाचन घोषणा भएसँगै संसदको आयू जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै आफू अनैतिक काममा सहभागित हुन नसक्ने बताए । 

‘पछिल्लो दिनमा जब संसदको आयू ४ मंसिरपछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । त्यसकारण मैले बाटो बाटै सांसद छैन । छोडें । भनेर हिँड्नुको अर्थ हुँदैन । कमसेकम संसदमा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म आज संसदमा उपस्थित भएको छु । र यहीँबाट घोषणा गर्न चाहन्छु, म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन' उनले भने । 

उनले अगाडि थपे, 'सभामुखलाई म आग्रह गर्न चाहन्छु, सचिवालयलाई आग्रह गर्न चाहन्छु, मेरो नाममा पठाइने तलब-भत्ता, सुविधासमेत रोक्का गरियोस् । कहीँ लेखेर दिनुपर्छ भने म त्यो नियमानुसार लेखेर दिन पनि तयार छु । यस प्रकारको अनैतिक काममा सहभागी हुन कमसेकम मेरो आत्माले मानेन ।' 



सांसद लिङ्देनले आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रूपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने बताए ।
 



  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १५:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया