एमालेका ६ मुख्यमन्त्री  : कोही संघमा आउने, कोही सिफारिसमै परेनन्

नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् । 

बागमती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रका लागि सिफारिसमा परेकी छैनन् । 

यसैगरी, प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राई र भीम आचार्य पनि चुनावमा उठ्ने नउठ्ने केही टुंगो नलाग्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेल संघीय संसदमा आउने तयारीमा छन् । 

एमाले महासचिवसमेत रहेका उनी दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । दाङ– २ नम्बर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पोखरेलको एकल नाम सिफारिस गरेको हो । 

यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशमै रहने तयारी गरेका छन् । उनको नाममा लमजुङ प्रदेश ‘ख’ का लागि  सिफारिस भएको छ । यसअघि पनि गुरुङ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १७:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया