धनुषा ३ र ४ बाट महासेठ दम्पतीको नाम  सिफारिस

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ धनुषाबाट महासेठ दम्पतीको नाम सिफारिस गरिएको छ । 

नेकपा एमालेको आइतबार बसेको क्षेत्रीय बैठकबाट पोलिटब्युरो सदस्य जुलीकुमारी महतोको नाम धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकल नाम सिफारिस गरिएको छ । 

त्यस्तै, धनुषाको क्षेत्र नम्बर ४ का लागि पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको नेकपा एमाले धनुषाका नेता बचनदेव पञ्जियारले जानकारी दिए ।

क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय जिल्ला कमिटीले प्रदेश कार्य समितिलाई पठाउने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने उनले बताए ।

पार्टीको अर्को दिन बस्ने बैठकले प्रदेशसभा, प्रतिनिधि सभा र समानुपातिक सदस्यको सूचीबारे निर्णय हुने नेता सोम शर्माले बताए ।

०७४ को निर्वाचनमा जुली समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १९:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया