गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टोली घोषणा गरेको छ । नवौं राष्ट्रिय खेलकुद २८ असोज देखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ ।
पुरुष क्रिकेट भने २३ भदौबाट काठमाडौंमा सञ्चालन हुँदैछ । क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरी आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) को आग्रह र प्रस्तावका कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो । समूह ‘ए’ को गण्डकीले २३ भदौमा मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
गण्डकीको टोली : अनिल गुरुङ, अर्जुन कुमाल, दिपक डुम्रे, अभिषेक बस्नेत, अमृत गुरुङ, समिर कँडेल, ईश्वर क्षेत्री, समिर शाही, कमल परियार, सन्दीप क्षेत्री, सुवास भण्डारी, विपिन खत्री, अशोक श्रेष्ठ र चन्द्रकान्त पौडेल ।
वैकल्पिक खेलाडी : कृष्ण पौडेल, अंकित न्यौपाने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।