क्यानडामा दुई समुदायबीच छुरा प्रहार, १० जनाको मृत्यु

क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । 

क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन नामका दुई संदिग्धहरू फरार छन् । 

प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ । पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए ।  





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ११:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया