मधेस प्रदेशका सभामुख सरोज यादवलाई पितृशोक

मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई पितृशोक परेको छ । सभामुख यादवका बुबा परमानन्दप्रसाद यादवको गएराति देहावसान भएको हो ।

यादवको ८० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यादव मधुमेह रोगबाट पीडित थिए ।

सद्भावना पार्टीको स्थापनाकालदेखि नै उनी अनवरत गजेन्द्र नारायण सिंहसँग राजनीतिकरूपमा आवद्ध भई गाउँको मुखियासमेत बनेका थिए ।

मधेस र मधेशीको अधिकारका लागि स्व।यादव सुरुदेखि नै गजेन्द्र पथमा चलिरहेका थिए । 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ११:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया