सुनमा प्रतितोला एक सय वृद्धि, चाँदी यथावत्

काठमाडौं– नेपाली बजारमा आज सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो प्रतितोला ६१ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने स्थिर रह्यो । हिजो ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो । 

गत साता स्थिर रहेको सुनको मूल्य यस साता भने आइतबारदेखि नै बढिरहेको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १७:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया