३३ किलो सुनकाण्डमा दोषी ठहर गर्दै श्रेष्ठविरुद्ध १४ करोडको मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुनकाण्डमा दोषी ठहर गर्दै एकजनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष दालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा बिगो दाबी गर्दै मंगलबार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका आधारमा उनलाई जरिवाना र कैद सजाय दुवै माग गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयमा हुँदा श्रेष्ठ ३३ किलो सुन तस्करीको अभियोगमा २०७३ साल पुस २७ देखि निलम्बनमा परेका थिए । श्रेष्ठकी जेठी श्रीमति तारावेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानांगका नाममा आफूले गैरकानुनी रुपमा आर्जेको सम्पति राखेकाले उक्त सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १७:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया