संविधानसभा सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

संविधानसभाका सदस्य बाँके निवासी गीता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफूलाई आकर्षण गरेको उनको भनाइ छ । 

हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन् । यसैगरी राप्रपाका पूर्वकेन्द्रीय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन्  । नुवाकोटकै जनजाति नेता कृष्णबहादुर घले ‘सुरज’ पनि राप्रपा नेपाल प्रवेश गरेका छन् । 

उनिहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको चर्चा गर्दै सबैको सहयोगले राप्रपा नेपाललाई एउटा वैकल्पिक शक्ति निर्माण गर्ने महाअभियानमा आफू क्रियाशील भएको बताए । 

यसैगरी राप्रपा सम्बद्ध नेपाल सनातन धर्म संस्कृति संगठन, १ नं प्रदेश अध्यक्ष तथा गत स्थानीय निकायको निर्वाचनमा उर्लावारी नगर प्रमुख उम्मेदवार विनोद प्रसाद पोख्रेल, जिल्ला सदस्य चित्रबहादुर थापा पनिआजै राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १८:२०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया