साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमवार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
आइतबारको कारोबारमा १ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।
सोमबार नेप्सका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ ।
तर, यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमबार नेप्से सामान्य अंकले घटे पनि मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशत बढेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । तर, यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।