कृष्णनगर– कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन छ ।
२०५९ सालमा बस्ती विस्तार भएको सो गाउँमा ११९ भन्दा बढी परिवारको बसोवास छ । २०६४ को कपिलवस्तु घटनामा विस्थापित भएकालाई पुनःस्पना गरी निर्माण गरिएको उक्त बस्ती एक दशक बितिसक्दासमेत लालपुर्जाविहीन छ ।
२०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करिब ५५ लाखको लागतमा १२३ घर निर्माण गरेका सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताए ।
पुनर्वासमा बसेको एक दशक बित्दासमेत आफूहरुले भोगचलन गरेको घरजग्गाको लालपुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो पोखे । बस्ती बस्दा ७५० रहेको बस्तीको जनसङ्ख्या अहिले १ हजार ३ सयको हाराहारीमा रहेको उनेले बताए । बस्ती बसाल्दा १२३ घरमा बसोवास भए पनि हाल सो बस्तीबाट २०/३० घर विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएका घर अर्कैलाई बेचेर अन्यत्र गएका छन् । -रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।