महेश बस्नेतसँग माओवादी केन्द्रले दीपशिखालाई भिडाउने

नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाइसिएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ ।

यो नेकपा एमालेका नेता महेश स्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् ।

भक्तपुर–१ बाट सुरेश न्यौपानेलाई एकल रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र भक्तपुर जिल्ला समन्वय समितिका संयोजक सुनिल गोठेका अनुसार प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे र प्रतिनिससभा २ को ख मा दिलीपकुमार प्रजापति सिफारिस भएका छन् ।

बाँकी रहेका प्रदेशसभामा धेरै दाबेदार रहेकाले सहमतिमै एकल उम्मेदवार सिफारिस गर्ने प्रयास भइरहेको गोठेले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २०:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया