कांग्रेस र एमालेबाहेकको समाजवादी पार्टी आवश्यक : डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भट्टराईले नेपालका दुई दल कांग्रेस र एमालेबाहेकको समाजवादी पार्टी आवश्यक रहेको बताएका छन् । पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका भट्टराईले सोमबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

वैकल्पिक रुपमा समाजवादी पार्टी आवश्यक भएका कारण तालमेल र एकताबारे माओवादी, नेकपा समाजवादीलगायतका दलहरुसँग छलफल पनि चलिरहेको उनले बताए ।

उनले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । सत्ता गठबन्धन नै मिलेर चुनावमा जाने र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको दाबी छ । 

उनले तत्काल एमालेलगायतका दलहरुसँग सहकार्य सम्भव नरहेको बताए । संविधानको नेतृत्व गर्ने वर्तमान गठबन्धनकै दल भएका कारण जोगाउने दायित्व पनि यिनै दलको हुने उनको भनाइ थियो । 

भट्टराईले यो व्यवस्था परिवर्तन गर्नका लागि दुईतिहाइ बहुमत आवश्यक रहेको बताए । प्रत्यक्ष कार्यकारी राष्ट«पति र समानुपातिक संसद प्रणालीका लागि संविधाननै संशोधन गर्नुपर्ने भएकाले त्यो अवस्था नआउँदासम्म गठबन्धनबाटै जानुपर्ने उनको भनाइ छ ।

उनले सिट बाँडफाँडका कारण गठबन्धनमा कुनै समस्या नआउने प्रस्ट पारेका छन् । धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँड गर्न ढिलाइ भए पनि समस्या नआउने उनले बताए । सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँड हुन नसके पनि अन्तमा सबैको सहमतिमै बाँडफाँड हुने भट्टराइको भनाइ छ । 



अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको भट्टराईले बताएका हुन् । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन सक्ने नभएका कारण गठबन्धन गरेर निर्वाचनमा जानु परेको उनले बताए ।

०७४ मा जितेका आ–आफ्नो ठाउँ लिने र विपक्षीले जितेका ठाउँमा मात्रै सिट मिलाउनुपरेको उनले बताए ।



  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २१:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया