आरजू सिफारिस भएको बागलुङ–२ बाट प्रचण्ड सर्वसम्मत सिफारिस

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । यसअघि उनी चितवन–३ र गोरखा–१बाट पनि सिफारिसमा परेका थिए । 

बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपमा सिफारिस गरेको हो । 

दुई दिनअघि मात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टीसभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।

यस क्षेत्रमा अघिल्लोपटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २१:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया