प्रधानमन्त्री देउवासँग भेट गर्दै भारतीय सेनाध्यक्ष पाण्डे, त्यसअघि माउन्टेन फ्लाइट गर्ने

भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् । 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ६:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया