भेनेजुएलाबारे नेपाल सरकारको धारणा– बाह्य हस्ताक्षेपविनै समस्या समाधान हुनुपर्छ

काठमाडौं– नेपाल सरकारले भनेजुएलामा देखिएको राजनीतिक समस्या बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले ‘कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधानअनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने’ धारण सार्वजनिक गर्यो । 

भेनेजुएलामा भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट निकालिरहेको भन्दै परराष्ट्रले यसमा निर्णय गर्ने जिम्मा भेनेजुएलाका नागरिककै भएको उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुएलाका नागरिकसँगै छ ।’

केही दिनअघि नेपाल सत्तारुढ दल नेकपाका दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएपछि अमेरिकाले भेनेजुएलाको विषयमा नेपाल सरकारको आधिकारिक धारणा मागेको थियो ।





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १८:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया