बुर्किना फासोमा विद्रोहीको विस्फोटमा ३५ जनाको मृत्यु

बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ ।

दुर्घटनामा ३७ जना घाइते भएका छन् । आइतबार बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । 

सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ । उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यपारी थिए । 

यसअघि जिहादी समूहले उत्तरका शहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १०:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया