धनुषा कांग्रेसले गर्‍यो प्रतिनिधि र प्रदेशका लागि ११० उम्मेदवार सिफारिस [नामसहित]
फाइल तस्वीर

नेपाली कांग्रेस धनुषाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि ११० जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकबाट सिफारिस भएर आएका ११० जनाको नाम सिफारिस गरिएको हो । 

प्रतिनिधिसभा सदस्यमा धनुषा क्षेत्र नं. १ का लागि प्रत्यक्ष र समानुपातिक दुबै कोटामा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको एकल नाम सिफारिस गरिएको छ । 

प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ को (क) का लागि सञ्जयकुमार महतो, भोला पजियार र सुरेश यादवको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ रामसुक यादव, मनहरि श्रेष्ठ र सरिता ठाकुरको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति दीपनारायण यादवले जानकारी दिएका छन् । 

क्षेत्र नम्बर–१ को (ख) मा प्रदेशसभातर्फ प्रत्यक्षमा लक्ष्मीनारायण मण्डल, श्यामलाल महतो र रामपल्टन साह तथा समानुपातिकतर्फ पुष्पलता लामा, मैथिल कर्ण र युसुफ राईनको नाम सिफारिस भएको क्षेत्रीय सभापति यादवले बताए । 

क्षेत्र नम्बर–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पूर्वजिल्ला सभापति महेश शंकर, वसन्तकुमार गौतम, शिवधारी यादव, गणेशकुमार साह, विनोद महरान, रामकला यादव, रूपनारायण साफी, सिदेश्वर साफी, सीतादेवी मण्डल र हसिमा खातुनलगायत १० जनाको नाम सिफारिस भएर आएको जिल्ला सचिव कन्हैया कर्णले जानकारी दिए । 

त्यस्तै, प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ प्रेमचन्द्र झा, कूलदेव गोइत यादव, मनोहर ठाकुर, सुचितलाल मरिक, रामचन्द्र मण्डल, देवनारायण मण्डल, पुनम देवी, भारती कार्की, रेखा देवी महरान, रामसुन्दर महरा र अमृता चौधरीलगायत ११ जनाको नाम सिफारिस भएर आएको सचिव कर्णले बताए । 



क्षेत्र नम्बर–२ को (ख) मा प्रत्यक्षतर्फ राजदेव यादव, उत्तिमप्रसाद मण्डल, नवीनकुमार गोहिवार, भूपनारायण यादव, भोला चौधरी, देवेन्द्रकुमार भरखेर, शिवशंकर गोइत, जगदिश चौधरी यादव र सत्यनारायण साहसहित ९ जनाको नाम सिफारिस भएको छ । त्यस्तै, समानुपातिकतर्फ राजकिशोर सिंह, अनिता यादव, लक्ष्मीनारायण यादव, विजयकुमार साह, सत्यदेवप्रसाद साह, अजिताकुमारी पासवान, तस्लिम राईन, लक्ष्मी महतो, सरिता देवी रोहिता, सुष्मादेवी महरा, सुनैनादेवी रजक, जयप्रकाश ठाकुर, सत्यनारायण साह, विमलीकुमारी र शत्रुहन यादवसहित १५ जनाको नाम सिफारिस भएको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नेता गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस भएको जिल्ला सचिव कर्णले जानकारी दिए । 



प्रदेशसभामा क्षेत्र नम्बर–३ को (क) मा प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सुनिल कुमार झा (मिन्टन) र पिंती कुमारीको नाम सिफारिस भएको छ । 

क्षेत्र नम्बर–३ को (ख) मा नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ हरिशंकर सहको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रदिप कुमार चौधरी र किरण कुमारी झाको नाम सिफारिस भएर आएको सचिव कर्णले बताए । 

उता, धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसको क्षेत्रीय भेलाले प्रतिनिधिसभातर्फ पार्टीका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ जिल्ला सभापति योगेन्द्र पजियार र महाधिवेशन प्रतिनिधि तुलसा आचार्यको नाम सिफारिस भएको क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति कुमरकान्त झाले जानकारी दिए । 

त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर–४ को (क) का लागि प्रत्यक्षतर्फ कोमलकान्त झा, योगनारायण यादव, विक्रम यादव र शिवशंकर यादवसहित ४ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कुमरकान्त झा, बुलन यादव, इनदु यादव, महेन्द्र यादव, महेन्द्र साह, मो. इब्राहिम राईनलगायत २१ जनाको नाम सिफारिस भएको क्षेत्रीय सभापति झाले बताए । 

प्रदेशसभामा क्षेत्र नम्बर–४ को (ख) का लागि जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ बासुलाल महतो, राजकुमार महतो, गुदर यादव, निर्मला कोइराला, भावना ढुंगेल र प्रमिला देवी कुशवाहासहित ६ जनाको नाम सिफारिस भएर आएको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १५:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया