गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित
फाइल तस्वीर

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो ।

आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १६:१५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया