बेलायतका प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् । कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा लिज ट्रसलाई निर्वाचित गरेपछि जोन्सनले मंगलबार महारानी एलिजावेथ द्वितीयलाई राजीनामा बुझाएका हुन् । 

जेनसनले स्कटल्याण्डको बालमोरल पुगेर महारानीलाई भेट गरी राजीनामा दिएको बिबिसीले जनाएको छ । जोन्सनले यस अघि महारानीलाई भेट्न जानु लिज ट्रसलाई आफ्नो पुरै समर्थन रहने बताएका थिए ।  

महारानीले जोन्सनको राजीनामा स्वीकृत गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा उपचाररत छन् । 

यसअघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै हुने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १७:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया