बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त भएकी छिन् । महारानी एलिजाबेथ द्वितीयले उनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 

महारानीलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको भएको बिबिसीले जनाएको छ । ट्रसले कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिस्पर्धामा प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गरेकी थिइन् । 

यसअघि मंगलबारै प्रधानमन्त्रीबाट बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयलाई भेटेर औपचारिक रूपमा राजीनामा दिएक थिए । जोनसनले राजीनामा दिने बताएपछि कन्जरभेटिभ पार्टीले आठ हप्ताअघि नेतृत्व छान्ने प्रक्रिया सुरु गरेको थियो । 

ट्रस पार्टीको आन्तरिक प्रतिस्पर्धामा सोमबार विजयी भएकी थिइन् । उनले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताएकी थिइन् । 

ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि मार्गरेट थ्याचर र टेरेजा मे प्रधानमन्त्री भएक थिए । 

बिबिसीका अनुसार ट्रसले भोलि बिहान मन्त्रिपरिषद्को पहिलो बैठक राख्ने र त्यसअघि केही मन्त्री नियुक्त गर्नेछिन् । 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १८:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया