उद्घाटनकै दिन भत्कियो पुल, रिबन काट्ने महिलालाई उद्धारकर्मीले जोगाए

लोकतान्त्रिक गणतन्त्र कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ । एउटा भिडियोमा अधिकारीहरू कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन गर्न उभिएका देखिन्छन् । 

पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो । महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो ।

भिडियोमा महिला अधिकारी सहयोग माग्दै सुरक्षित ढंगले उफ्रिन खोजेको देखिन्छिन् । तत्कालै सुरक्षा अधिकारीले ढल्न लागेको पुलबाट उनलाई उद्धार गरेका थिए । 

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  पुल भत्किएपछि मानिसहरूले निर्माणको गुणस्तरको खिल्ली उडाएका छन् । आइ हररेका अनुसार उक्त घटना गत साता भएको हो । पुल भत्किएर दुई भागमा छुट्टिएको छ ।

स्थानीय खामा प्रेसका अनुसार वर्षायाममा स्थानीयलाई खोला तर्नका लागि यो सानो पुल निर्माण गरिएको हो । पुल निर्माण हुनुअघि त्यहाँ रहेको अस्थायी संरचना पनि बारम्बार भाँचिने गरेको स्थानीयले बताएका छन् । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ११:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया