बंगलादेशी प्रधानमन्त्री हसिना भारत भ्रमणमा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटावार्ता भएको हो । 

भ्रमणका क्रममा दुई नेतृबीच द्वीपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए ।  

मंगलबार नै प्रधानमन्त्री हसिनाले उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदी र भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई पनि भेट गरेकी छिन् ।  





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ११:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया