जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा खासमा महासचिव बन्ने दौडमा थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अत्यन्त निकट मानिएका शर्मा ‘बजेटमा अनाधिकृत व्यक्तिबाट दरको दायरा हेरफेर गरेको’ आरोपमा मुछिएपछि प्रचण्डसँग उनको सम्बन्धमा चिसोपना पसेको छ ।

उनी विवादमा मुछिएपछि महासचिव बन्ने उनको सम्भावना कम हुँदै गयो । अर्कोतिर नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार भनिएका वर्षमान पुन पनि पछाडि पर्नु पर्यो । 

नेकपा माओवादी केन्द्रले देव गुरुङलाई महासचिव बनाएको छ । अनि शर्मालाई उपमहासचिव । तर, उनले यो पद स्वीकार गरेका छैनन् । उनले बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखको हैसियतमा कार्यक्रममा उपस्थित भएको जनाएका छन् ।

माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १५:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया