नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साबिक विजेता भारतले विजयी सुरुवात गरेको छ ।
समूह ‘ए’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा पाकिस्तानलाई ३–०ले हराउँदै विजयी सुरुवात गरेको हो ।
खेलको २१ औं मिनेटमा पाकिस्तानी कप्तान मारिया खानको आत्मघाती गोलमार्फत भारतले अग्रता बनाएको थियो ।
२३ औं मिनेटमा ग्रेस डाङमेईले टोलीको अग्रता दोब्बर बनाइन । थप गरिएको समयमा सौम्या गुगुलओथले ले गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् ।
यो जितसँगै भारतले ३ अंक जोड्दा पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब आफ्नो दोस्रो खेलमा शनिबार भारतले माल्दिभ्स र पाकिस्तानले बंगलादेशको सामना गर्नेछन् ।
प्रतियोगिताअन्तर्गत आजै साँझ साढे ५ मा सुरु हुने दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।