‘सहिदलाई राज्यले सम्मान गर्न सकेन’

काठमाडौँ– राष्ट्रको हीतका लागि ज्यानको बाजी थापेका सहिदहरु राज्यले सम्मान गर्न नसकेको बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले सहिद दिवसका अवसरमा आयोजना गरेको ‘सहिदको योगदान र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उक्त कुरा बताइएको हो । 

कार्यक्रममा सहिद स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले सहिदको योगदानबाट आज जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री बने पनि सहिको योगदानलाई सरकारले बिर्सेको बताए । ‘सहिदको योगदानबाट राष्ट्रको सर्वोच्च पदमा पुगेका व्यक्तिले सहिद परिवारलाई उपेक्षा गर्यो,’ उनले भने। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सहिदको सपना पूरा गर्नका लागि राजनीतिक एकता र विकास आवश्यक रहेको बताए । ‘राणा शासन, पञ्चायती शासन र बहुदल प्राप्तिका लागि गरेका सहिदको तथ्याङ्क राख्नुपर्छ,’ उनले भने । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले सहिदको सम्मानका लागि विभिन्न सङ्घसंस्थाको नाम शहीदको नाममा राख्नुपर्ने बताए । पूर्वराजदूत विजयकान्त कर्णले सहिदको योगदानका कारण हामी स्वतन्त्र रुपमा हिँड्न र बोल्न पाएको भन्दै सरकारले सहिदलाई उचित सम्मान गर्नुपर्ने बताए । 

विसं २०५३ मा स्थापना भएको प्रतिष्ठानले सहिदको सम्मान र आश्रित परिवारको सहयोगका लागि विभिन्न काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले जानकारी दिए। 





  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार ७:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया