लोसपा धनुषाले सिफारिस गर्याे चारवटै क्षेत्रका लागि उम्मेदवार

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकबाट सिफारिस भएर आएका १०९ जना उम्मेदवारहरुको नाम सिफारिस गरिएको हो । 

प्रतिनिधिसभा सदस्यमा धनुषा क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ रामबाबु यादवको एकल नाम सिफारिस गरिएको छ । त्यस्तै, समानुपातिकतर्फ धनेश्वर मण्डलको नाम सिफारिस गरिएको लोसपा धनुषाले जनाएको छ । 

प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ को (क) का लागि संजयकुमार सिंहको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रामभगत प्रसाद जयसवाल, बौयेलाल माझि र निरा मोक्तानसहित ३ जनाको नाम सिफारिस भएको लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले जानकारी दिए । 

क्षेत्र नम्बर–१ को (ख) का लागि प्रत्यक्षतर्फ रामज्ञान मण्डलको एकल नाम सिफारिस भएको छ । मण्डल स्थानीय तहको निर्वाचनमा हंसपुर नगरपालिकाको मेयरमा पराजित भएका थिए । समानुपातिकतर्फ भने सुजित कुमार कापर, बबिता कुमारी यादव र रेणु मण्डलसहित ३ जनाको नाम सिफारिस भएको छ । 

क्षेत्र नम्बर–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उमाशंकर अरगरियाको एकल नाम सिफारिस भएको छ भने समानुपातिकमा गंगा प्रसाद रजक, घुरन यादव र बरुण मिश्रको नाम सिफारिस गरिएको छ । 

त्यस्तै, प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ को (क) मा सुनिल कुमार यादव, संजय कुमार साह, रामकुमार भिनवार, सरोज कुमार महरान र संजय कुमार यादवसहित ५ जनाको नाम सिफारिस भएको छ भने समानुपातिक कोटामा पनि दिपिया देवी दास, कृष्णकुमार मरिता, गणेश पासवान, विरेन्द्र यादव र नजिर कवारीसहित ५ जनाको नाम सिफारिस भएको छ । 



क्षेत्र नम्बर–२ को (ख) मा प्रत्यक्षतर्फ रामेश्वर यादव, चन्द्रनारायण मण्डल, नरेश कुमार मण्डल, दिपेन्द्र कुमार मिश्र र महाशंकर ठाकुरसहित ५ जना तथा समानुपातिकतर्फ बनारसी देवी यादव, रिता देवी ठाकुर, हबिब मंसुरी, नवल कुमार दास, बेचनी देवी पण्डित, रेखा साह, ललिता देवी मण्डल, रुक्मीनी मण्डल र ईस्माइल कवारीसहित ९ जनाको नाम सिफारिस भएको हो । 
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोको एकल नाम सिफारिस भएको जिल्ला अध्यक्ष साहले जानकारी दिए । उनले प्रतिनिधिसभामा समानुपातिकतर्फ अम्बिका कुमारी, सिता देवी र सोनी महतोको नाम सिफारिस भएको बताए । 

प्रदेशसभामा क्षेत्र नम्बर–३ को (क) मा प्रत्यक्षतर्फ कविन्द्रनाथ ठाकुर, श्याम कुमार मिश्र, रोहित कुमार चौधरी, शिवशंकर राउत र उर्मिला मण्डलसहित ५ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ गुलो देवी पासवान, विनय कुमार साह, सुधा झा, राजा कुमार मण्डल, लक्ष्मेश्वर महतो, मेती कुमारी झा, राम नारायण प्रसाद मण्डल, अवधेश कुमार मिश्र, रामसति देवी मण्डल र सर्व नारायण रायसहित १० जनाको नाम सिफारिस भएको हो । 
क्षेत्र नम्बर–३ को (ख) मा प्रत्यक्षतर्फ परमेश्वर साह, कामेश्वर झा, संजय कुमार चौधरी र दिपक कुमार झासहित ४ जनाको नाम सिफारिस भएको छ । 



त्यस्तै, सोही क्षेत्रमा समानुपातिकतर्फ श्यामा झा, सदाशिव मिश्र, सुमनकान्त ठाकुर, रामविनोद चौधरी, राजकुमारी साह, मिता मुरारका अग्रवाल, सुन्तली थापा, पुनम झा मैथिल, निता रानी साह, प्रमिला देवी मण्डल, विभा कुमारी पाण्डेय, रेखा मण्डल, कुन्ती पाठक, रुकमीनि कुमारी देवी, सरिता कुमारी शर्मा, सुनिता मेस्तरनी, गंगा देवी राउत, पिंकी कुमारी साह, संतोष सरबरिया, निभा शाह, शिवकला पासवान, आशा कुमारी यादव, मो. इन्तेखाव आलम, अजय कुमार ठाकुर र नवरतन मुरारकासहित २५ जनाको नाम सिफारिस भएको जिल्ला अध्यक्ष साहले जानकारी दिएका छन् । 

उता, धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा लोसपाको क्षेत्रीय भेलाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उमाकान्त झा, लक्ष्मण यादव र धिरेन्द्र मिश्रको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ इन्दु सिंह, जगदिश रविदास र इन्द्रा झाको नाम सिफारिस भएको छ । 
त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर–४ को (क) का लागि प्रत्यक्षतर्फ नरेश यादव, मो. अकवर नदाफ र उपेन्द्र कुमार साहको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ ममता चौधरी, जितकुमार साह, गणेश मिश्र, उमेश यादव र निलम देवी साहसहित ५ जनाको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभामा क्षेत्र नम्बर–४ को (ख) का लागि प्रत्यक्षतर्फ अजय कुमार राउत, विजय सिंह, विन्दीलाल महतो र प्रदिप सिंहको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ डा. संजिव झा, रहमतुल कवारी, ममता चौधरी, राजकुमार थापा र जितकुमार साहसहित ५ जनाको नाम सिफारिस भएको छ ।

  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १८:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया