खेलकुदमा राजनीति नगरौं : मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेलक्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतिबाट संघको नयाँ नेतृत्व चयन गर्नसमेत आग्रह गरे । 

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबारदेखि सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राखे । 

खेल क्षेत्रको संस्थागत विकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनीतिक विचलनतर्फ इंगित गर्दै मन्त्री अथकले भने, ‘तपाईंहरु खेलकुदमा केन्द्रित हुनुहोस्, राजनीति गर्ने त विभिन्न पार्टी छँदै छन् नि !’

नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासम चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गरे । 

नेपालमाभलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्रीअथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताउनुभयो । खेललाई उद्योगका रुपमासमेत विकास गर्नुपर्ने उहाँको भनाई थियो । 



खेलाडीहरुको मनोबल बढाउन खेलकुदमन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदनभईसकेको जानकारी गराउँदै मन्त्रीअथकले अबकुनै पनि खेलाडीको मिहेनत खेर जाननदिने प्रतिवद्धता समेत जनाउनुभयो । राज्यको प्रतिनिधत्वगर्दैै बिभिन्नअन्तराष्ट्रिय प्रतियोगितामा सहभागीहुने खेलाडीहरुको सहजताकालागिविशेष पासपोर्टको ब्यवस्थागर्नेबारे समेत छलफल भईरहेको उहाँको भनाई थियो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) काउपाध्यक्षशिवकोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामनादिनुभएको थियो ।
 



  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १८:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया