भुटानलाई हराउँदै नेपाल एक खेल अगावै साफ यू–१७ को सेमिफाइनलमा

नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले गएराति समूह ‘बी’ अन्तर्गतको खेलमा भुटानलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । 

कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपालाई जित दिलाउन युनेश बुढाथोकी र सिमान्त थापाले एक/एक गोल गर्दा भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । 

खेलको १३ औं मिनेटमा युनेशले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सिमान्तले गोल गर्दा नेपाल २–० ले अघि रह्यो ।

६८ औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा नेपालले २–१ को रोमाञ्चक जित निकाल्यो ।

यो नेपालको जितसँगै नेपाल र भारतले  सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि अघि ऊ भारतसँग ३–० ले पराजित भएको थियो ।

यो जितसँगै १ खेलमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदा दुवै खेलमा पराजय बेहोरेको भुटान अंकविहीन रह्यो । भारत  १ खेलमा ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।   



अब नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा शुक्रबार भारतको सामना गर्नेछ । यस खेलले समूह विजेता र उपविजेता तय गर्नेछ । 



  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ६:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया