बार्सिलोनाको शानदार जितमा लेवान्डोस्कीको ह्याट्रिक

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । उसले गएराति  समूह ‘सी’ अन्तर्गतको खेलमा चेक क्लब भिक्टोरिया प्लेजनलाई ५–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केस्सी र फेरान टोरेसले एक/एक गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा केस्सीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । 

३४ औं मिनेटमा लेवान्डास्कीले टोलीको  अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा सिकोराले खेललाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफको थप गरिएको समयमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । ७१ औं मिनेटमा टोरेसले गोल गर्दै घरेलु टोलीलाई ५–१ को शानदार जित दिलाए । जितसँगै बार्सिलोनाले ३ अंक जोड्दा प्लेजनले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यही समूहको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको घरेलु मैदान सान सिरोमा २–० को जित निकाल्यो ।  





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ६:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया