रिचार्लिसन चम्किँदा मार्सेलीविरुद्ध टोटेनहमको सहज जित

च्याम्पियन्स लिगमा इंग्लिस क्लब टोटेनहम हट्स्पुरले विजयी सुरुवात गरेको छ । उसले गएराति समूह ‘डी’ अन्तर्गको खेलमा फ्रेन्च क्लब मार्सेलीलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

टोटेनहम हट्स्पुर स्डेडियममा घरेलु टोलीका लागि दुवै गोल रिचार्लिसनले गरे । खेलको ४७ औं मिनेटमा चान्सेल एम्बेम्बा मङ्गुलुले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मार्सेली १० खेलाडीमा समेटिएको थियो ।

७६ र ८१ औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि घरेलु टोलीले २–० को सहज जित निकाल्यो । यो जितसँगै टोटेनहमले ३ अंक जोड्दा मार्सेलीले हारबाट प्रतियोगिताको सुरूवात गरेको छ ।

यहि समूहको अर्को खेलमा पोर्चुगिज क्बल स्पोर्टिङ सिपीले जर्मन क्लब फ्रान्कफर्टलाई ३–० ले हरायो ।  





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ७:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया