च्याम्पियन्स लिगमा स्पेनिस क्लब एटलेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । उसले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा पोर्चुगिज क्लब पोर्टोलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
समूह ‘बी’ अन्तर्गत निकै रोमाञ्चक बनेको खेलमा तीनै गोल थप गरिएको समयमा भयो । एटलेटिकोलाई जित दिलाउन मारियो हर्मोसो र एन्टोइन ग्रिजम्यानले एक/एक गोल गरे । पोर्टोका माटिअस युरिवेले १ गोल फर्काए ।
५० औं मिनेटमा कोकेले गोल गरे पनि त्यसले मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । ८१ औं मिनेटमा मेदी तारेमीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो ।
थप गरिएको समयको पहिलो मिनेटमा हर्मोसोले एटलेटिकोलाई अग्रता दिलाए । छैटौं मिनेटमा युरिवेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
अन्तिम मिनेटमा ग्रिजम्यानले गोल गर्दै एटलेटिकोलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै एटलेटिको ३ अंक जोड्दा पोर्टोले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यही समूहको अर्को खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।