इगा स्विटेक युएस ओपनकाे सेमिफाइनलमा

विश्व नम्बर १ पाेलिस स्टार इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

उनी आज बिहान सम्पन्न खेलमा अमेरिकाकी जेसिका पेगुलालाई २–० काे साेझाे सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

आर्थर एस स्टेडियममा स्विटेकले खेल ६-३ र ७-६ (७-४) ले आफ्नो पक्षमा पारिन् । अब उनले फाइनल प्रवेशका लागि बेलारुसकी आर्यना साबालेन्काकाे सामना गर्नेछिन् ।

साबालान्काले चेक रिपब्लिककी क्याराेलिना पलिस्काेभालाई ६-१ र ७-६ (७–४) ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन् ।

याेसँगै प्रतियाेगिता अन्तर्गत महिलातर्फकाे सेमिफाइनल समीकरण पनि पूरा भएकाे छ । यी दुईसँगै फ्रेन्च खेलाडी क्याराेलिना गार्सिया र ट्युनिसियाकी ओन्स जाबेउरले अन्तिम चारमा स्थान बनाए ।





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ९:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया