डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।

एक दशकयताकै ठूलो बाढीले सयौं घर बगाएको छ भने सडक खण्ड भत्किएका छन् । त्यस्तै, बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।

अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ ।  बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । 

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा  दर्जनौँ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।

यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो । 

देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार ९:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया