क्यानसमक्ष सन्दीपको आग्रह : कानुनी उपचार खोज्छु, सहयोग गर्नुहाेस्

नेपाली क्रिकेट टोली कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गर्न अनुरोध गरेका छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दशौं संस्करण खेल्न हाल वेस्ट इण्डिजमा रहेका उनले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् । 

१७ वर्षीया किशोरीले जबरजस्तीकरणीको उजुरी हालेपछि सन्दीपले कानुनी लडाइँ लड्ने बताएका छन् । ‘सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेका छन्,’ क्यान सचिव प्रशान्त विक्रम मल्लको एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन् । 

सन्दीपविरुद्ध उजुरी परेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो । 

प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिनेभन्दा पनि छानबिनमा सहयोग गर्ने बताएको छ ।  
 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १०:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया