प्रहरीलाई ३ हजार ५० रुपैयाँ घुस दिन खोज्ने युवक पक्राउ
फरकधार / २३ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 



पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो । 



मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा. ८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ ।



मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि नगद र मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।     







  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १३:२५:४०,   अन्तिम अपडेट : भदौ २३, २०७९ बिहीबार १३:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया