टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा युवाको प्रदर्शन

सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन् । टिकटकमा अश्लीलता प्रदर्शन गर्नुका साथै संस्कृतिसमेत बिग्रिरहेको भन्दै युवाहरूले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् ।

टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्नेलगायतका माग गर्दै उनीहरूले बिहीबार स्थानीय जनकचोकमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘टिकटकलाई बन्द गर,’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’लगायतका नारा लेखिएको प्लेकार्डसमेत बोकेका थिए । टिकटकमा अश्लीलताबाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकोले बन्द गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । 

यसअघि युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । मधेस प्रदेशको रौतहट, महोत्तरी र सप्तरीमा पनि स्थानीय युवाले टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएका थिए । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १५:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया