नेप्से परिसूचक २.१३ अंकले गिरावट

बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ ।

बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता सेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार ८२ करोड भन्दा माथिको मात्रै कारोबार भएको थियो । 

बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत घटेको छ । 

नेप्से सामान्य गिरावट आए पनि ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्तको सेयरमूल्य साढे ६ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको  १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । 
 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया