नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाअन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित समिति सभापतिहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो । 

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिएका छन् । 

शपथग्रहण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला पनि सहभागी थिए । 
 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १८:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया