दुई देशका लागि गैरआवासीय दुई देशका लागि आवासीय राजदूत नियुक्त
फरकधार / २३ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी छिन् ।



राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।



त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।  



नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 







  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार १९:१२:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया