logo-img

पहाडमा पनि बढ्यो डेंगुको जोखिम, दार्चुलामा डेंगुबाट एकको मृत्यु

डेंगु संक्रमणबाट दार्चुलामा पाँच वर्षीया एक बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको पस्ती अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. निराजन बोहराले बताए ।
 
बालिकालाई एक हप्तापहिले एक्कासि ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुलामा चेकजाँच गर्दा उनमा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको डा. बोहराले बताए । 

जिल्ला अस्पतालमा भर्ना नगरी उनका अभिभावकले उषालाई घरमा ल्याएका थिए । मंसिर २१ गते पस्ती अस्पतालमा भर्ना गरिएकी उषाको बिहीबार बिहान मृत्यु भएको डा. बोहराले बताए ।
 
उषामा डेंगु र स्क्रब टाइफस दुवै पोजेटिभ देखिएकाले उनी जटिल अवस्थामा अस्पताल पुगेकी थिइन् । डेंगु संक्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर परेर बिरामीको मृत्यु हुने गरेको बताइएको छ ।







  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया