logo-img

आफ्नो निर्वाचन क्षेत्रमा राहत प्याकेजको प्रस्ताव लगिदिन ऊर्जा र कृषिमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा ऊर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् । 

लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको व्यवस्था गरिदिन ऊर्जा मन्त्री भुसालसँग माग गरेका हुन् ।

सुक्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै मन्त्री अथकले तत्कालका लागि डिप बोरिङ र दीर्घकालीन रुपमा सक्टा सिँचाइ आयोजनामार्फत नरैनापुरमा सिँचाइको व्यवस्था गर्नेतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताए । जवाफमा ऊर्जामन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएकी छिन् । 

मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकका लागि तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । अर्थमन्त्री र आफले समेत त्यस क्षेत्रको स्थलगत निरीक्षण गरिसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गरेका हुन् । 


 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया