नरेन्द्र मोदी पुनः विश्वकै सर्वाधिक लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वकै सर्वाधिक लोकप्रिय नेता साबित भएका छन् । उनी यसअघि पनि सर्वाधिक लोकप्रिय नेता भएका थिए ।

मोदी मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । 

मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । 

मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौँ स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनपछि क्रमशः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २२:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया