आज उपत्यकाको यी स्थानमा हुनेछ सवारीसाधन प्रभावित

आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइँदै छ । इन्द्रजात्राको उपलक्ष्यमा आयोजना गरिने जात्राका कारण बसन्तपुर हनुमानढोका दरबार सवारी आवागमनमा रोक तथा डाइभर्सन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

साथै, विविध कारणबस महाराजगन्ज–लाजिम्पाट–लैनचौर–दरबारमार्ग–भद्रकाली–न्यूरोड गेट सडक खण्डमा दिउँसो २ बजे साढे ४ बजेसम्म सवारीसाधन प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । 

आज इन्द्रजात्रा सञ्चालन अवधिभर दिउँसो १ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा ट्राफिक डाइभर्सन गरिने छ । मालवाहक सवारी साधनलाई विहान ९ बजेदेखि राति १० बजेसम्म रोक लगाइएको छ । 

यस्तै, भोटेवहाल पिपलबोट,लगन सिलखाना,गोफल चोक, इनाखा गणेश मन्दिर, लगन चोक, भोटेवहाल, वण्डे, गुणकामदेव मार्ग, क्वाहिटी मार्ग, परोपकार, रामघाट पिपलवोट, छ्वासा पाखा, शान्ति निकुञ्ज चोक, मरु ढुंगेधारा, प्याफल चोक, ईन्द्र चोक, मखन गल्ली, मखन महादेव, जुद्वशालिक, झोसे चोक, जोर गणेश चोक र यंगाल चोकमा सवारी  साधन प्रवेशमा रोक लगाइने छ ।    





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १०:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया