राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित किताब जात्रा-२०७९ को उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताएकी हुन् ।
उनले नागरिक मुलुकप्रति समर्पित हुनुपर्ने बताइन् । उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बढाउने भन्दै सोही क्षमताका आधारमा राष्ट्रको समृद्धिका जगहरू निर्माण हुने उल्लेख गरिन् । उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामसँगको साक्षात्कारबाट पनि हुने बताइन् ।
समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाइ छ ।
कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरेकी थिइन् । त्यसैगरी किताब यात्रा बेस्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरिश गिरीलाई सम्मान गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।