माइतीघरमा सहिद दिवस [फोटो फिचर]

काठमाडौं– २२ दिनदेखि धर्नामा रहेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले माइतीघरमा सहिद दिवस मनाएका छन् । उनीहरूले द्वन्द्वमा मारिएका आफ्ना आफन्तको तस्बिरमा माल्यार्पण गर्दै माइतीघरमा सहिद दिवस मनाए ।

दसवर्षे द्वन्द्वमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीका परिवार विभिन्न मागसहित आन्दोलनरत छन् । सरकारले द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारलाई बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

घाइते सुरक्षाकर्मीको निःशुल्क उपचार गर्नुपर्ने, पीडित परिवारलाई रोजगारको व्यवस्था गर्नुपर्नेलगायतका मागसहित आन्दोलनरत उनीहरूका माग सरकारले अझै सुनुवाइ गरेको छैन । उनीहरूले आफ्ना माग पूरा नभएसम्म धर्नामा बस्ने अडान लिएका छन् ।

 





 

  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार १३:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया